×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

देश बोल्ने फोटो कथा : राष्ट्रिय वाणिज्य बैंकमा सेवाग्राहीको उदेक लाग्दो भिड, कोरोनाको खोप लगाउनेको अवस्था पनि उस्तै

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले लमजुङ बेँसीशहर नगरपालिका–७ स्थित राष्ट्रिय बाणिज्य बैंकमा बिहीबार सेवा लिन आएका सेवाग्राहीदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन पोखरा महानगरपालिका– ८ स्थित  वडा कार्यलय जम्मा भएका ज्येष्ठ नागरिकसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
लमजुङ बेँसीशहर नगरपालिका–७ स्थित राष्ट्रिय बाणिज्य बैंकमा त्यस आसपास क्षेत्रबाट बिहीबार सेवा लिन आएका सेवाग्राही । ठूलो भीडभाडले सेवाग्राहीका साथ वरिपरीका स्थानीयलाई समेत सङ्क्रमणको जोखिम बढेको छ । 
कोभिड–१९ विरुद्धको खोप लगाउन पोखरा महानगरपालिका– ८ स्थित  वडा कार्यलय जम्मा भएका ज्येष्ठ नागरिक । अहिले पोखरामा उमेर ६२–६४ वर्षका ज्येष्ठ नागरिकलाई मात्र खोप लगाउने कार्यक्रम छ ।
कोभिड–१९ को सङ्क्रमणका कारण सरकारले जारी गरेको निषेधाज्ञामा बिहान मात्रै पसल खुला हुने हुँदा लगनखेलमा फलफूल किन्दै सर्वसाधारण । 
म्याग्दीको रघुगङ्गा गाउँपालिका– ८ पात्लेखर्कका केही युवा भिर मौरीको मह सङ्कलन गर्दै । यस प्रकारको मह जडिबुटीजन्य औषधिको रुपमा प्रयोग गरिने भएकाले यसको माग बढेको छ ।  
बेसिसहरदेखि चामेका लागि बोकेका युवती । गत जेठ १४ गते आएको वर्षादका कारण बेसिसहर चामे सडक खण्डको स्याल्क्यु खोलाको पुल बगेपछि मानिस काठको फलेकको भरमा ओसार प्रसार गर्न बाध्य छन् । 
सप्तरीको राजविराजमा कोरोना महामारीको जोखिम बढेपछि घरमै  बिहीवार पूजा गरिँदै । पतिको दीर्घ जीवन तथा सुमधुर दाम्पत्य जीवनको कामना गर्दै वट सावित्री (वरसाईत) पर्व मनाइने चलन छ । 
नयाँ बानेश्वरमा निर्माण गरिएको फालामको आकाशे पुल । पुल ठडिए पनि सर्वसाधारण भने आवतजावत गर्नका लागि अझै केही समय लाग्नेछ ।
नयाँ सडकस्थित मर्मत हुँदै गरेको न्यूरोड गेट । 
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal