×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रोटरी क्लवको सामाजिक कार्य : सिन्धुपाल्चोकका बाढी पीडितलाई गर्यो प्रेसर कुकर सहयोग (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
ललितपुर । ललितपुर जिल्लाका रोटरी क्लवहरुको सञ्जालले सिन्धुपाल्चोकका बाढी पीडितहरुको लागि २७५ थान प्रेसरकुकर सहयोग गरेको छ । ललितपुर जिल्लामा अवस्थित रहेको १७ वटा रोटरी क्लवहरुको सञ्जालले मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् २७५ थान प्रेसरकुकर सहयोग गरेको हो । बाढी पीडितलाई प्रेसकुकरको आवश्यकता रहेको भन्ने सुचनाका आधारमा आफुहरुले प्रेसरकुकर सहयोग गरेको रोटरीक्लव सञ्जालका संयोजक सुरेश आचार्यले बताउनुभयो । आफुहरुले राज्यको निकायलाई सहयोग हस्तान्तरण गरेर विपतीमा एकद्धार प्रणालीमार्फत् राहत तथा सहयोग वितरण गर्नुपर्छ भन्ने सन्देश दिन चाहेको पनि उहाँले बताउनुभयो ।
सहयोग बुझ्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले राहत वितरणमा एकद्धार प्रणालीमा कसरी जान सकिन्छ भन्ने उदाहरण यो सञ्जाल बनेको बताउनुभयो । उहाँले छिटोभन्दा छिटो बाढी पीडितका लागि आएको प्रेसरकुकर प्रभावितको हातमा पु¥याउने बताउनुभयो । असार १ गते सिन्धुपाल्चोकमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा निकै ठुलो धनजनको क्षति भएको थियो । बाढी प्रभावितहरुका लागि अझैपनि विभिन्न निकायहरु मार्फत् राहत वितरण भइरहेका छन् । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: