×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

साल्ट ट्रेडिङ कर्पोरेशनले गर्यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, यस्तो छ वित्तीय अवस्था

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा साल्ट ट्रेडिङ कर्पोरेशनले २ करोड ५२ लाख ९९ हजार ३६९ रुपैयाँ खुद नाफा कमाएको छ ।  कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ५.४७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा २ करोड ३९ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको  प्रतिसेयर आम्दानी वार्षिक २६.३५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ४१४.९० रुपैयाँ छ । यस्तै कम्पनीको चुक्ता पूँजी १९ करोड २० लाख २४ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३१ करोड ४७ लाख १९ हजार रुपैयाँ सञ्चित रहेको छ । 
कम्पनी गत आवको ६ महिनामा ४ अर्ब ७० करोड रुपैयाँ बिक्री आय गरेको कम्पनीले चालु आवको ६ महिनामा २५ प्रतिशत बढेर ५ अर्ब ८९ करोड १४ लाख ६७ हजार आम्दानी गरेपनि समग्र नाफा भने सामान्य बढेको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal