
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटिजन्स बैंकले तत्कालिन तिनाउ मिसन डेभलपमेन्ट बैंकका सेयरधनीलाई दुई आर्थिक वर्षको बोनस सेयर पाउनका लागि पहिला कर तिर्न आग्रह गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै तत्कालिन तिनाउ मिसन डेभलपमेन्ट बैंकका सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेको हो ।
बैंकको सेयर रजिष्ट्रार सिबिआईएल क्यापिटलले लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो । अब सेयरधनीले सिटिजन्स बैंकको खाता नम्बर ००१०१००००४११९२०१ मा कर वापतको रकम जम्मा गरि भौचर सेयर रजिष्ट्रार सिबिआईएल क्यापिटलमा स्क्यान गर्नुपर्नेछ ।
तिनाउ मिसनले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १२% र २०७६/७७ को नाफाबाट ६% बोनस सेयर वितरण गरेको थियो । सिटिजन्सले तिनाउलाई एक्वायर गरेर चैत १४ गतेबाट एकिकृत कारोबार थालिसकेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्