
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । भोलि मंगलबारदेखि टुटल र पठाओ सेवा सञ्चालनमा आउने भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेसंगै टुटल र पठाओको सेवा पनि सञ्चालनमा आउने भएको हो ।
उक्त बैठकले निजीसवारीलाई जोर-बिजोर प्रणाली अनुसार सञ्चालन गर्न दिने निर्णय गरेको थियो । निषेधाज्ञा कायमै रहेकाले सरकारले तोकेको मापदण्ड पुरा गरेर सेवा सुरु गर्ने तयारीमा टुटल र पठाओ छन् । सरकारले कोरोना रोकथामका लागि गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेसँगै टुटल र पठाओको राइड सेयरिङ सेवा पनि रोकिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्