विराटनगर । दैनिक रोजगारी उपलब्ध नभएका ज्यालादारी मजदूर, सुत्केरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति, वृद्ध एवं सुकुम्बासी परिवारका सदस्यलाई भोको पेट बस्नु नपरोस् भन्नका लागि यहाँका सामाजिक संस्थाले २२ हजार ५०० जनालाई पौष्टिक खाना खुवाउने कार्य आजदेखि शुरु गरेको छ ।
युनाइटेड नेशन वुमनको आर्थिक सहयोगमा माइती नेपाल र नारी विकास सङ्घ विराटनगरले संयुक्त रुपमा विराटनगरका १९ वडामा ९० दिनसम्म दैनिक बिहानको खाना खुवाउने कार्यक्रम रहेको छ । संस्थाले विराटनगर महानगरपालिका–१९ स्थित घिनहा सिसवनी मुसहरी बस्तीमा आज २५० जना सुत्केरी, वृद्धवृद्धा र बालबालिकालाई खाना वितरण गरेको छ ।
आगामी छ दिनसम्म उक्त स्थानमा खाना वितरण गर्ने कार्यक्रम रहेको छ भने अन्य दिन विराटनगरका अन्य वडामा सुकुम्बासी, दैनिक मजदूरी गर्ने स्थानीयवासीलाई खाना खुवाउने कार्यक्रम रहेको माइती नेपालका प्रमुख बिनो पोखरेलले बताए । विराटनगर –१९ का वडाध्यक्ष बद्रीनारायण सरदार, नारी विकास सङ्घकी अध्यक्ष सीता शर्मा, एबिसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्त, माइती नेपालका प्रमुख पोखरेललगायतले गरीब सुकुम्बासी एवं रोजगारविहीन तथा सुत्केरी महिलालाई अन्य सङ्घ संस्थाले भोको पेट बस्न नदिनका लागि थप सहयोग गर्नुपर्नेमा जोड दिए ।
खाना खुवाउने कार्यक्र सञ्चालनका लागि स्वयमसेवकसहित १० जना कर्मचारीलाई खाना बनाउनका लागि रोजगारी दिइएको छ भने यसका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ । संस्थाले कैलालीको धनगढी र काठमाडौँमा समेत आज यस प्रकारको कार्यक्रम सञ्चालन गरेको जनाएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्