Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि ५ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ६ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ७९ हजार २ सय २० रुपैयाँ कायम गरेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १ रुपैयाँ कायम गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK