- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । आर्थिक वर्ष २०७७/०७८ मा ११ सय ८० अर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थ सचिव शिशिर कुमार ढुंगानाले आर्थिक वर्ष २०७७/०७८ मा ११ सय ८० अर्ब खर्च भएको जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो – ‘७७/७८ मा हामीले कुल बजेट १४ सय ७४ अर्बको सार्वजनिक गरेको थियौँ पहिलो जेठ १५ २०७७ मा मध्यावधि समिक्षा गर्दा त्यसलाई १२ सय ६६ अर्ब खर्च हुन्छ भन्ने संशोधित अनुमान थियो हिजोसम्मको प्रारम्भिक अनुमान अुनुसार ११ सय ८० अर्ब खर्च भएको छ । यो सुरु अनुमानको ८०.०८ प्रतिशत र संशोधित अनुमानको ९३.२० प्रतिशत हुन आउँछ ।’
अर्थमन्त्री ढुंगानाले चालु खर्चतर्फ ८ सय ५१ अर्ब खर्च भएको बताउनुभयो । चालु खर्चको अनुमान ९ सय ४९ अर्ब रहेको र संशोधित अनुमान भने ८ सय ६७ अर्ब रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै पुँजिगत खर्च तर्फ ३ सय ५२ अर्ब रुपैयाँ विनियोजन गरिएको र शंशोधित अनुमान २ सय ५१ अर्ब रुपैयाँ रहेकोमा पुँजिगत खर्चतर्फ २ सय २८ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको बताउनुभयो ।
वित्तिय व्यवस्थापन अन्र्तगत कुल १ सय ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको र संशोधित अनुमान १ सय ४५ अर्ब रुपैयाँ रहेकोमा कुल एक सय अर्ब रुपैयाँ मात्र खर्च भएको उहाँले बताउनुभयो । त्यसैगरी राजस्वको सुरु अनुमान १० खर्ब ११ अर्ब रुपैयाँ र संशोधित अनुमान ९ खर्ब ५९ अर्ब रहेकोमा राजस्वमा मात्रै ९ सय ३८ अर्ब संकलन भएको अर्थसचिव ढुंगानाले बताउनुभयो । त्यसमध्ये कर राजस्व ८ सय ७० अर्ब रुपैयाँ र गैरकर राजस्व ६८ अर्ब रुपैयाँ रहेको उहाँले बताउनुभयो । त्यसबाहेक अन्य प्राप्ति मार्फत् ४० अर्ब रुपैयाँ प्राप्त गरेको पनि उहाँले बताउनुभयो ।
अर्थसचिव ढुंगानाले १ सय ६२ अर्ब ६५ करोड रुपैयाँ वैदेशिकसहायता परिचालन हुन सकेको पनि बताउनुभयो । आन्तरिक ऋणको सिलिङ २ सय २५ अर्बको रहेकोमा २ सय २४ अर्ब रुपैयाँ संकलन गरिएको पनि उहाँले जानकारी दिनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्