×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिबीच भर्चुअल बैठक सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिबीच भर्चुअल बैठक सम्पन्न

Artha Sarokar

७ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिबीच भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकमा मन्त्री शर्माले कोभिड महामारीबाट जनतालाई बचाउनु नेपाल सरकारको पहिलो प्राथमिकता रहेको जानकारी दिँदै त्यसको लागि विश्व बैंकले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका छन् । कोभिड उपचारको लागि विश्व बैंकले नेपाललाई २९ मिलियन र कोभिड खोप खरिदको लागि ७५ मिलियन अमेरिकी डलर सहयोग गरेको थियो ।

कोभिडबाट प्रभावित अर्थतन्त्रलाई पुनर्जीवन दिनु सरकारको दोस्रो प्राथमिकता रहेको बताउँदै मन्त्री शर्माले यस अभियानमा समेत विश्व बैंकको सहकार्य रहने विश्वास व्यक्त गरे । उनले कोभ्याक्स सुविधा अन्तर्गत विकासशील देशहरुले पाउनुपर्ने खोप समानुपातिक वितरणको आधारमा गरिनुपर्ने नेपाल सरकारको धारणा रहेकोमा जोड दिएका छन् ।
विश्व बैंक र नेपालबीच लामो सम्बन्ध रहेको चर्चा गर्दै विश्व बैंकका कन्ट्री डाइरेक्टर फ्यारिस FARIS HADAD-ZERVOS ले नेपाल सरकारले तय गरेका प्राथकिताका क्षेत्रमा सहकार्य गर्न विश्व बैंक तयार रहेको बताए ।

उनले नेपालमा आगामी सहकार्यको लागि कोभिड खोपको साथै वातावरणीय स्वच्छता र जलविद्युत क्षेत्र विश्व बैंकको रणनैतिक प्राथमिकताको क्षेत्र रहेको जानकारी दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित भर्चुअल बैठकमा अर्थ सचिव शिशिर कुमार ढुङ्गाना र सहसचिव एवं अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुख धनिराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी