काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा साउन ३१ गते गर्ने भएको छ । कम्पनीको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा र नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धी संलग्न अनुसूचीहरुमाथि छलफल गरी पारित गर्नेछ। वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन १६ गतेसम्म कायम सेयरधनीहरुमात्र कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउने छन ।
सभाले ६ जना सञ्चालक चयन गर्नेछ। जसमा संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालक चयन हुनेछन्। एकजना स्वतन्त्र विज्ञ सञ्चालक पनि सभाले चयन गर्नेछ। सोही सभाले कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर अनुपात परिमार्जन गर्न प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन हुनेछ। जसअनुसार अब कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर अनुपात ६०ः४० कायम हुनेछ। हाल कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्