काठमाडौं । बागमती प्रदेश सरकारले अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । साउन ८ गतेबाट बागमती प्रदेशभित्र सवारीसाधनको ब्लुबुक अनलाइनमार्फत नै रिन्यु गर्न सकिने व्यवस्था प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका हुन्। जसमा सवारी कर, जरिवाना लगायत सबै प्रकारका भुक्तानी अनलाइनमार्फत नै गर्न सकिने भएको छ । यो सेवा भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध हुने छ ।
अनलाइन नविकरण तथा भुत्तानी सेवाको लागि बागमती प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली एटिएम आईएस तयार गरेको छ । सो प्रणालीमा गएपछि सवारीधनी लगइन पोर्टल देखिन्छ । त्यसको तलपटि नयाँ दर्ता लेखिएको ठाउँमा क्लिक गर्नुपर्ने हुन्छ । यो अनलाइन सेवा बागमती प्रदेश अन्तर्गतका ६ वटा यातायात कार्यालयमार्फत उपलब्ध हुनेछ ।
यो अनलाइन सेवामा ब्लुबुक तथा लाइसेन्स नवीकरण, जरिवाना तथा बाँकी राजस्वको विवरण समेत आफैले हेर्न मिल्ने गरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी सहित भुत्तानी समेत गर्न सकिने भएको छ । जसमा आफ्नो सवारीबारेमा सबै जानकारी पाउँन सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्