- अर्थ सरोकार सम्बाददाता
बझाङ । बझाङको बुंगल नगरपालिका–११ का वडासचिव र प्राविधिक सहायक पक्राउ परेका छन् । सामाजिक सुरक्षा भत्ताको ३९ लाख रकम चोरी भएपछि उनीहरु पक्राउ परेका हुन् ।
वडासचिव ओपेन्द्रकुमार महतोले पुतलीलेकको आफु बस्ने कोठामा राखेको ३९ लाख रूपैयाँ गएको मंगलबार राती हराएको बताएका थिए । सोबारे अनुसन्धान गर्न प्रहरीले उनीसहित वडा कार्यालयका प्राविधिक सहायक खडकबहादुर सिंहलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले रकम चोरी भएको दिन सँगै रहेका दुबै जनालाई अनुसानधानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्