Skip to content
LAXMI SUNRISE BANK

सामाजिक सुरक्षा भत्ताको ३९ लाख चोरी भएपछि बुंगल नगरपालिका–११ का वडासचिव र प्राविधिक सहायक पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
बझाङ । बझाङको बुंगल नगरपालिका–११ का वडासचिव र प्राविधिक सहायक पक्राउ परेका छन् । सामाजिक सुरक्षा भत्ताको ३९ लाख रकम चोरी भएपछि उनीहरु पक्राउ परेका हुन् ।
वडासचिव ओपेन्द्रकुमार महतोले पुतलीलेकको आफु बस्ने कोठामा राखेको ३९ लाख रूपैयाँ गएको मंगलबार राती हराएको बताएका थिए । सोबारे अनुसन्धान गर्न प्रहरीले उनीसहित वडा कार्यालयका प्राविधिक सहायक खडकबहादुर सिंहलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले रकम चोरी भएको दिन सँगै रहेका दुबै जनालाई अनुसानधानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK