नवलपरासी । बर्दघाट सुस्ता पश्चिमस्थित पृथ्वीचन्द्र अस्पतालको सुविधासम्पन्न नयाँ मुख्य भवन निर्माण कार्य सुरु गरिएको छ । पूर्वाधार अभावका कारण सेवा प्रवाहमा असहजता हुँदै आएको यस अस्पतालका लागि लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि मुख्य भवन निर्माण गरिन लागेको हो ।
नयाँ भवनको आर्थिक मामिला एवं योजनामन्त्री बैजनाथ चौधरीले शिलान्यास गर्नुभयो । स्वास्थ्य सेवालाई थप सृदृढ र प्रभावकारी बनाउन पूर्वाधार निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशको ग्रामीण तथा शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय रुपन्देहीले अस्पताल भवनका लागि २० करोड ७८ लाख १६ हजार बजेट विनियोजन गरेकामा निर्माण कम्पनीले १३ करोड ६६ लाख ८८ हजारमा निर्माणको जिम्मा लिएको शहरी विकास तथा भवन कार्यालयका प्रमुख गोविन्द गौतमले जानकारी दिनुभयो ।
पचास शैयााको तीन तले भवन, पार्किङ्स्थल, पर्खाल तथा हरियाली बगैँचा निर्माण हुने गौतमले बताउनुभयो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त भवन निर्माणको जिम्मा श्यामसुन्दर-एनबी जेबी काठमाडौँले पाएको छ ।- रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्