Skip to content
LAXMI SUNRISE BANK

भूगर्भ सिमेन्टलाई भनेर ३४ करोड ऋण लिएर दुरुपयोग गर्ने ‘मुख्यमन्त्रीका छोरा’ पक्राउ !

अर्थ सरोकार

काठमाडौँ । व्यवसायी दिक्षान्त बानियाँ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बानियाँलाई पक्राउ गरेको हो ।

उनलाई विभिन्न बैंकको ३४ करोड रुपैयाँ कर्जा दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार बानियाँलाई नेपाल राष्ट्र बैंकको पत्रका आधारमा पक्राउ गरिएको हो । 

बानियाँमाथि भूगर्भ सिमेन्ट कम्पनीका नाममा लिएको कर्जा अन्य कम्पनीमा लगानी गरेको र कर्जाबापत लिएको रकम सेयरमा लगाएको आरोप छ ।

यद्यपि बानियाँले ४ वटा विभिन्न बैंकबाट एउटा प्रयोजनका लागि लिएको ऋण फरक प्रयोजनमा खर्च गरेको देखिएपछि उनीमाथि बैंकिङ कसुर मुद्दामा अनुसन्धान अघि बढेको सीआईबी स्रोतले बताएको छ ।

बानियाँ नेपाल काँग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँका छोरा हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK