Skip to content
LAXMI SUNRISE BANK

भद्रपुरबाट चार अर्ब ११ करोड राजस्व सङ्कलन, वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल

अर्थ सरोकार

चितवन । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ८५ करोड, अन्तःशुल्कतर्फ ४४ करोड र स्वास्थ्य सेवा करबापत रु ९२ लाख सङ्कलन भएको बताउनुभयो ।

अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि भएको उहाँको भनाइ छ । अघिल्लो वर्ष कार्यालयले तीन अर्ब एक करोडमात्र राजस्व सङ्कलन गरेको थियो । उहाँले भापा, इलाम, पाँचथर र ताप्लेजुङका करदाताबाट कोभिड-१९ को विषम परिस्थितिमा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिनुभयो । -रासस

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK