×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चार करोड १२ लाखको लागतमा पक्की पुल निर्माण, स्थानीयवासी खुशी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चार करोड १२ लाखको लागतमा पक्की पुल निर्माण, स्थानीयवासी खुशी

Artha Sarokar

७ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

खलङ्गा । जुम्लाको तिला गाउँपालिका र जाजरकोट जोड्ने तिला नदीमा पक्की पुल निर्माण भएपछि स्थानीयवासी खुशी भएका छन् । पुल निर्माणले कर्णाली राजमार्ग हुँदै यहाँको भेरीखोला र जाजरकोटसम्म यात्रा गर्नका लागि सजिलो हुने भएकाले स्थानीयवासी खुशी भएका हुन् । हिउँदको समयमा नदी सुकेपनि वर्षायाममा निकै ठूलो हुने गरेको स्थानीयवासी वसन्ती रावलको भनाइ छ । “हिउँदमा सामान्य भए पनि वर्षायाममा खोला बढेर तर्न एकदमै सकस हुन्छ’, उहाँले भन्नुभयो, ‘तिला नदीमा पक्की पुल निर्माण भएपछि स्थानीयवासीलाई अब सहज हुने भएको छ ।’

तिला नदीको त्रिवेणीमा ५२.१५ मिटरको पक्की पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले बताउनुभयो । चार करोड १२ लाखको लागतमा पुल निर्माण सम्पन्न भएपछि जुम्लाको तातोपानी गाउँपालिका-७ र ८ का नागरिकलाई सदरमुकाम खलङ्गा आवतजावत गर्न सजिलो भएको छ भने जाजरकोट जाने यात्रुलाई समेत सहज भएको स्थानीयवासीको भनाइ छ ।

पुल निर्माणका लागि विसं २०७३ असार ५ सम्झौता भएको थियो । तत्कालीन प्राविधिक कार्यालयबाट सुरु भएको सो पुलको निर्माण कार्य विसं २०७५ जेठ ३१ गते सम्पन्न हुनुपर्ने थियो । लामो समयसम्म अलपत्र अवस्थामा रहेको सो पुलको निर्माण सङ्घीय सरकारको आर्थिक सहयोगबाट भएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख रावलका अनुसार कर्णाली प्रदेशकै पहिलो हाइरिक्स तरिकाले यसको निर्माण भएको छ ।

जाजरकोटबाट जुम्ला भित्रन सबैभन्दा सजिलो मार्गका रुपमा यसलाई विकास गर्न लागिएको छ । अहिले जुम्ला र सिमाना इमिल्चा हुँदै जाजरकोटसम्म पुग्नका लागि दुई करोड १९ लाखको लागतमा कच्ची बाटो निर्माण भइरहेको कार्यालयले जनाएको छ । तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले पुल निर्माण भएपछि यस क्षेत्रको विकासमा कोशेढुङ्गा सावित हुने बताउनुभयो । साविक कर्णालीको मुकाम जुम्लाको तिला नदीमा पुल नहुँदा जाजरकोटमा गाडी सञ्चालन हुन ढिलाइ भइरहेको थियो, पुल निर्माण भएपछि अब सजिलो हुने उहाँको विश्वास छ । -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी