तनहुँ । तनहुँको व्यास नगरपालिकाले एक वर्षको अवधिमा एक हजार २४५ योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा उपभोक्ता समिति र बोलपत्रमार्फत उक्त योजना सम्पन्न भएको नगरपालिकाले जनाएको छ । उपभोक्ता समितिमार्फत एक हजार २०३ योजना सम्पन्न भएका छन् । बोलपत्र प्रक्रियामार्फत ७३ योजना सञ्चालन गरिएकामा ४२ योजना सम्पन्न भएका छन् ।
बाँकी योजना कोभिड तथा विपद्का कारण सम्पन्न हुन नसकेको नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘कोभिड सङ्क्रमणका कारण केही समय काम पनि रोकियो, विपद्ले पनि काममा असर पर्यो’, उहाँले भन्नुभयो, ‘३१ योजना अधुरा छन् ।’ बिहीबार सम्पन्न नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रभित्र बाढीले पुर्याएको क्षति पुनःस्थापन गर्न आफैँले जाली बुन्ने कार्यमा पूर्वाधार तथा योजना शाखालाई जिम्मा दिने निर्णय गरेको छ । नगरपालिकाले नगरप्रमुखको अध्यक्षतामा नगरस्तरीय र वडाध्यक्षको वडाध्यक्षमा वडा विपद् व्यवस्थापन समिति संशोधित ऐनअनुसार पुनःगठन गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी नगरपालिकाका साविक स्थानीय निकायका कर्मचारीको समायोजन तथा स्तरवृद्धि गरिएकामा बैठकबाट अनुमोदन गर्ने निर्णय भएको छ । नगरपालिकाले व्यास-१० दुम्सी आधारभूत स्वास्थ्य केन्द्रमा २५ शय्याको नगर कोभिड अस्पताल व्यवस्थापन गर्न वडाध्यक्ष तुलसीराम सापकोटाको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको छ । साथै सोही अस्पतालमा पिसिआर प्रयोगशालासमेतलाई आवश्यक जनशक्ति करार सेवामा लिन प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा छनोट समिति गठन गरिएको छ ।
व्यास-७ शेषमटारमा व्यास नगर समता विद्यालय सञ्चालन गर्न सम्बन्धित वडाध्यक्ष शतिषचन्द्र न्यौपानेको अध्यक्षतामा पाँच सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ भने कर्मचारी समायोजन एवं स्तरवृद्धिपछि नगरपालिका सङ्गठन संरचनामा संशोधन गर्नुपर्ने भई विशेष नगरसभा बस्नुपर्ने भएकाले संशोधन प्रस्ताव १५ दिनभित्र पेश गर्न उपप्रमुख मीरा जोशीको संयोजकत्वमा प्रस्ताव समिति गठन गरिएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्