×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्दननाथ नगरपालिकाको बजेट पारित हुन सकेन, सेवा प्रवाहका काम पनि प्रभावित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चन्दननाथ नगरपालिकाको बजेट पारित हुन सकेन, सेवा प्रवाहका काम पनि प्रभावित

Artha Sarokar

८ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवादले बजेटले पूर्णता पाउन सकेको छैन । नगरपालिकाको बजेटसहित सेवा प्रवाहका काम पनि प्रभावित भएका छन् । नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी न्यौपानेबीचको विवादका कारण आर्थिक वर्ष २०७८/७९ को बजेटसमेत आउन नसकेको जनाइएको छ ।

नगरप्रमुख सेजुवालले बहुमतले गत असार ३१ गते बजेट पारित गरिएको बताउनुभयो । नगर उपप्रमुख न्यौपानेले नगरपालिको बजेट पारित नभएको जानकारी दिनुभयो । वैधानिकरूपमा बजेटमा हुने छलफल हुन सकिरहेको अवस्था नरहेको कर्मचारी बताउँछन् । प्रमुख र उपप्रमुखको विवाद थेग्न नसक्दा नगरपालिकाका कर्मचारीलाई समेत काम गर्न कठिन भएको बताइएको छ ।

नगरपालिकाको राजश्व शाखामा राजश्व बुझाउन आएका सेवाग्राही पनि कठिन भएको बताउँछन् । राजश्व परामर्श समितिको बैठक नबस्दा राजश्व उठाउनसमेत कठिन भएको जनाइएको छ । आन्तरिक विवादका कारण नगरपालिकाले पछिल्लो तीन वर्षमा सार्वजनिक सुनुवाइसमेत गर्न सकेको छैन । नगरवासी नगरपालिकाले गरेका कामको जानकारी नभएको भन्दै आक्रोशित हुँदै आएका छन् । -रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी