दाङ । खेतीयोग्य जमीनमा सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालनमा आएको बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले आफ्नो कामलाई तीव्र पारेको छ । आयोजना प्रमुख राजु आचार्यले अहिले सिँचाइका पूर्वाधार निर्माणलाई अघि बढाएको जानकारी दिनुभयो । ‘यो कार्यालयको उद्देश्य भनेको ५६ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पुर्याउने हो, सोही अनुरुप हामीले काम गर्न थालेका हौँ’, उहाँले भन्नुभयो । आयोजनाले हाइबाँध, लिफ्ट, भूमिगत सिँचाइ प्रणाली, नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणाली, डाइभर्सन र सतह सिँचाइ प्रणालीको विकासलगायत ‘कम्पोनेन्ट’मा काम गरिरहेको छ । यसबीचमा कार्यालयले १४ विशाल बाँध निर्माण गरेको छ । ‘हामीले अहिले १४ जलाशय निर्माण गरेका छौँ, यी जलाशयमा अझै पनि सिँचाइका लागि थप पूर्वाधार निर्माण गर्न बाँकी छ, काम भइरहेको छ’, प्रमुख आचार्यले भन्नुभयो ।
यी बाँध निर्माण भएपछि किसान भने उत्साहित बनेका छन् । वर्षौंदेखि बाँझो रहेका जमीनमा सिँचाइ हुने छन् भने आकासेपानीको भर पर्नुपर्ने अवस्था हट्ने तुलसीपुर उपमहानगरपालिका-१८ दूधगजेरी बाँध निर्माण समितिका अध्यक्ष शेषमनि कुँवरले बताउनुभयो । ‘हाम्रो धेरै जग्गाहरु बाँझा थिए, ती जग्गामा सिँचाइ हुने अपेक्षा गरिएको छ’, उहाँले भन्नुभयो, “विगतमा हामी आकासेपानीको भर पर्नुपर्ने बाध्यता थियो, अब वैशाख, जेठमा पनि सिँचाइ पाउने अपेक्षामा छौँ।’
त्यहाँ सानो सोता थियो । अहिले त्यसलाई करोडौँ लगानी गरेर बाँध निर्माण गरिएको छ जुनबाँधमा वर्षातका समयमा परेको पानी पनि जम्मा हुने र वैशाख, जेठसम्म सिँचाइको सुविधा गर्ने गरी तयारी गरिएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । दुई वर्षअघि काम शुरुआत गरेको उक्त बाँध निर्माण भएको छ तर सिँचाइका लागि अझै धेरै काम बाँकी छ । करीब दुई लाख घनमिटर पानी अट्ने उक्त बाँधबाट ६० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुनेछ । एक करोड ८३ लाख लागतमा उक्त बाँध बन्दैछ ।
सिँचाइका लागि निर्माण गरिएका ती बाँध अन्य प्रयोजनका लागि पनि प्रयोग गर्ने गरी स्थानीय उपभोक्ताले परिकल्पना गरेका छन् । घोराही उपमहानगरपालिका-२ र ४ मा पर्ने सरेसोता जलाशयका उपभोक्ता श्यामलाल भण्डारीले भन्नुभयो, “यो बाँधले हामीलाई सिँचाइ त छँदैछ, माछापालन गर्ने, पर्यटक भित्र्याउनका लागि डुङ्गाको व्यवस्था गर्ने गरी सोच बनाएका छौँ ।” ३२ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सकिने सोही बाँधमा तीन लाख घनमिटर पानी अट्न सक्ने क्षमता छ । सोही बाँधलाई बढाएर पाँच लाख घनमिटर पुर्याउन सकिने आयोजना प्रमुख आचार्यले जानकारी दिनुभयो । दुई करोडको लगानीमा उक्त बाँध निर्माण हुँदैछ ।
निर्माण भएका बाँधहरु हेर्दा मनोरम देखिन्छन् । कुनै प्राकृतिक तालभन्दा कम छैनन् । सिँचाइका लागि बनाएका तालहरुले जिल्लाको पर्यटन क्षेत्रको विकास गर्ने पनि अपेक्षा लिइएको तुलसीपुर-१८ का विष्णुप्रसाद दुलालले बताउनुभयो । “यी बाँधहरु सिँचाइका लागि मात्रै होइन, पर्यटकीय विकासका लागि पनि प्रयोग गर्न सकिन्छ, वनभोज क्षेत्र बनाएर पर्यटक तान्न सकिन्छ”, उहाँले भन्नुभयो, “माछापालन गरेर आम्दानी पनि गर्न सकिन्छ, डुङ्गा सयर गर्ने व्यवस्था पनि गर्न सकियो भने यसले बहुआयामिक फाइदा दिन्छ ।”-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्