Skip to content
LAXMI SUNRISE BANK

धौलागिरी लघुवित्त वित्तीय संस्थाको नाफा बढ्यो, जगेडा कोषमा ८ करोड ६० लाख रुपैयाँ हुँदा अन्य सूचकको अवस्था कस्तो ?

अर्थ सरोकार

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तीन करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको नाफा एक करोड ७४ लाख रुपैयाँले बढेको हो ।
यस अवधिमा लघुवित्तले ८ करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९४ लाख रुपैयाँले बढी हो । यस अवधिमा लघुविको सञ्चालन खुद मुनाफा तीन करोड २६ लाख रुपैयाँ रहेको छ । लघुवित्तको निष्कृय कर्जा अनुपात २.२२ प्रतिशतबाट सुधार हुँदै १.२७ प्रतिशतमा झरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ करोड ६० लाख रुपैयाँ सञ्चित छ । असार मसान्तसम्म ५१ करोड ४५ लाख रुपैयाँ कर्जा संकलन गरेको लघुवित्तले ३५ करोड रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थासँग ऋण गरे एक करोड दुई करोड ७४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK