×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिसहोमद्धारा आफ्नो ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

डिसहोमद्धारा आफ्नो ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक

३० असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । डिसहोमले आफ्नो ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ । डिसहोम र खुुसीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजता देखाइएको छ । यी सबैकाबीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिसहोमको भूमिकाका बारेमा चित्रण गरिएको छ ।
आफ्नो माइतीघरमा जस्तै कर्मघरमा पनि डिसहोमको छाता देखि नव दुलही केही हदसम्म प्रसन्न हुन्छिन् । नयाँ ठाउँमा उनका लागि त्यो क्षण तत्काल खुशीको कनेक्सनमा परिवर्तित हुन्छ । लोकप्रिय गायक अमित बरालको ‘म तिम्रै हुँ’, गीतमा लयबद्व यस अभियानमा नयाँ परिवेशमा नवविवाहित जोडीबीच डिशहोम संगै कसरी सहजता र आत्मीयता बढ्दै जान्छ भनी प्रस्तुत गरिएको छ । नौ वटा स-साना भागहरुलाई एउटै भिडियोमा समायोजन गरिएको यस योजनामा डिसहोमका आश्चर्यजनक विशेषताहरु जस्तै QHD पिक्चर क्वालिटी, PPV , PVR , X VOD, डिशहोम GO APP र Web, विशेष सामग्रीहरु र ग्राहक सेवासंग लिंक गरिएका छन् ।
डिशहोमका लागी विज्ञापन एजेन्सी मार्सले यस अभियानको अवधारणा तयार गरेको हो । उच्च प्रविधीका साथ तयार गरिएको यो व्यवसायिक योजना मनोरन्जनात्मक रहेको छ । स्लीक शटहरु, क्यामेराको चाल र सुमधुर संगीतले यो अभियानलाई गहकिलो बनाएको छ । यस ब्रान्ड अभियानको प्रसारण दुवै डिजिटल तथा परम्परागत प्लेटफर्महरुमा गरिनेछ । हेर्नुहोस् भिडियो:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: