×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१९ करोड ४३ लाख ६१ हजारको चेकसहित मिटरव्याजी पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१९ करोड ४३ लाख ६१ हजारको चेकसहित मिटरव्याजी पक्राउ

३ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
दोलखा । १९ करोडको चेकसहित मिटरव्याजी पक्राउ परेका छन् । प्रहरीले विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८ सय ६० रुपैयाँ बराबरको चेकहरूसहित दोलखा मेलुङ गाउँपालिका-१ घर भई हाल लgलितपुर भैसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई काठमाडौं महानगरपालिका-७ चाबहिल मित्रपार्कस्थित द्रिशान्त अटोमोबाईल्स प्रालिबाट शुक्रबार पक्राउ गरेको हो ।
भक्तपुर मध्यपुर ठिमी नगरपालिका-२ बस्ने दोलखा घर भएका ४० वर्षीय प्रकाश कार्की र काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप घर भएका ६० वर्षीय हेमरा गुभाजुले गणेशबाट बिभिन्न मितिमा रकम लिएकोमा गणेशले चर्को मिटर ब्याज लगाई प्रकाशबाट ४ करोड १६ लाख रुपैयाँको चेकहरू र हेमराजबाट ४ करोड १४ लाख रुपैयाँको चेकहरु लिई सो बापतको रकम नदिएमा ज्यान मार्नेसमेतको डरत्रास देखाई ठगी गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी