×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सोपान ग्याँस कम्पनीमाथि कारबाही गर्न माग, नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री गरेको आरोप ! (भिडियो रिपोर्ट)

ललितपुर ।  श्री बिआईटी उद्योगले ललितपुरस्थित सोपान फर्मास्यूटिकल लिमिटेडले नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री गरेको र त्यसले उत्पादित खाद्यवस्तु बिगारेको भन्दै कारबाहीको माग गरेको छ । श्री बिआईटी उद्योगले नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री गरी आफूहरुले उत्पादन गरेको करोडौं रुपैयाँ मूल्य बराबरको एनडिएच ब्राण्ड आलु चिप्स र क्रन्जी ड्यामेज भएको आरोप लगाउँदै सो ग्याँस उद्योगमाथि तत्काल छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेको हो ।
उद्योगी कमल सिंहले सोपानले आफूहरुमाथि ठगि गरेको तथा जनताको स्वास्थ्यमाथि खेलवाड गरेको उल्लेख गर्दै छानबिन गरी कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले मानव जीवनको स्वास्थ्य माथि खेलवाड गर्ने कम्पनीलाई कारबाही नभएर आमरण अनसन बस्ने चेतावनी समेत दिनुभयो । दोष्षिमाथि कारवाही गर्न आफूहरुले सम्बन्धित निकायमा उजूरी दिएपनि सुनुवाई नभएको उहाँको गुनासो छ ।
उहाँले भन्नुभयो “जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयमा उजूरी पर्दा सरकारी निकायले तत्काल सुनुवाई गर्नु पर्दथ्यो । छानबिन गरी दोषी कम्पनीमाथि कारबाही हुनुपर्दथ्यो । तर यस्तो संवेदनशील विषयमा कुनै पनि सरकारी निकायले चासो दिएको छैन । यो मेरो मात्रै समस्या होइन ।” उद्योगी सिंहले भन्नु भयो, “सो ग्याँस कम्पनीमाथि तत्काल छानबिन गरी कारबाही गर्नुप¥यो । जनताको स्वास्थ्य माथि नै खेलबाड गर्ने यस्ता कम्पनीमाथि छानबिन गरी कारबाही नभए आमरण अनसन बस्न र आवश्यक परे मर्न तयार छु ।”
उद्योगी सिंहका अनुसार आलु चिप्स बिग्रन नदिन नाईट्रोजन ग्याँस राखेर प्याकिङ गरिन्छ । तर सो कम्पनीले नाईट्रोजन भनेर अक्सिजन ग्याँस दिएकाले आफूले करोडौंको क्षति व्यहोर्नु परेको दाबी गर्नुभयो । कम्पनीले आपूmलाई दिएको ग्याँस सिलिण्डरमै अक्सिजन ग्याँस सानो अक्षरमा लेखेकाले पनि सो ग्यास नाईट्रोजन नभई अक्सिजन भएको उद्योगको दाबी छ । उद्योगी सिंहले आफूले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभागमा समेत गएर सोध्दा सो ग्याँस अक्सिजन नै भएको पुष्टि भएको दाबी गर्नुभयो ।
“नाईट्रोजनको बिल दिएर अक्सिजन ग्याँस दिँदा आफूहरुको आलु चिप्स ओसिएर करोडौं मूल्य नोक्सान भयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौैल विभाग गएर सोध्दा समेत सो ग्यास अक्सिजन भएको पुष्टि हुन्छ । त्यस सम्बन्धमा उजूरी गर्न जाँदा महानगरीय प्रहरी परिसरले सुनुवाई नै गरेन ।”
ग्याँस कम्पनी सोपानले पठाएको सिलिण्डरमा सानो अक्षरमा अक्सिजन लेखिएको उद्योगको दाबी छ । उद्योगी सिंहले आफूहरुसँग प्रमाणको लागि सो सिलिण्डर सुरक्षित रहेको स्पष्ट पार्नुभयो । जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ग्याँस जस्तो संवेदनशील विषयमा सो ग्याँस कम्पनी संवदेनशील नदेखिएको सो उद्योगको दाबी छ । सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत महानगरीय प्रहरी परिसरलाई अनुसन्धानका लागि पत्राचार गर्दा पनि सुनुवाई नभएको उद्योगको गुनासो छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: