Skip to content
LAXMI SUNRISE BANK

जलविद्युत लगानी तथा विकास कम्पनीको ११ अर्ब रुपैयाँको ११ करोड कित्ता हकप्रद सेयर बिक्री खुला, कहिलेसम्म पाईन्छ भर्न ?

अर्थ सरोकार

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले आज मंगलबारदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले शतप्रतिशत अर्थात १ सय अंकित मूल्यमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो ।

यो कम्पनीले हकप्रद सेयर निष्कासनका लागि जेठ २८ गते बुक क्लोज गरेको थियो । तसर्थ, जेठ २७ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

हकप्रद सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने लगानीकर्ताले साउन २५ गतेसम्म ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK