×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ कहिले बाँडफाँड हुन्छ ? के भन्छ बिक्री प्रबन्धक एनएमबि क्यापिटल ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ कहिले बाँडफाँड हुन्छ ? के भन्छ बिक्री प्रबन्धक एनएमबि क्यापिटल ?

Artha Sarokar

२१ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ यहि साताको शुक्रबारभित्र बाँडफाँड गर्ने तयारी भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले शुक्रबारभित्र आइपीओ बाँडफाँड गर्ने तयारी भएको जनाएको हो । यद्दपि निश्चित मिति भने निर्धारण भइसकेको छैन । 
क्यापिटलले सोमबार र मंगलबारभित्र प्रि–अलोटमेन्ट सम्पन्न गर्नेछ । जीवन विकासले असार ११ गतेदेखि १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा २० लाख ८४ हजार ७६२ जना लगानीकर्ताले आवेदन दिएका छन् ।
सर्वसााधारणबाट माग भन्दा १६.९१ गुणा बढी आवेदन परेको हो । तथापि, अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्नेछ ।  जीनव विकास लघुवित्तको सेयर हात पार्न लगानीकर्ताले भाग्यमा भर पर्नुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी