×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्टबीच सम्झौता, व्यवसायीलाई बिना धितो १५ लाखसम्म कर्जा दिईने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपालबीच सम्झौता भएको छ । रेबानमा आबद्ध व्यवसायी तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा उक्त सम्झौता भएको हो । ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपालका तर्फबाट रेबानका अध्यक्ष अरनिको राजभण्डारीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकले रेबानमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन १५ लाख रुपैयाँ सम्मको बिना धितो सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । यस्तै बैंकले रेबानमा आवद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई सहज वित्तीय सेवा प्रदान गर्नुका साथै रेबान अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरी व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ।
साथै बैंकले आधुनिक बैंकिङ, वितिय साक्षरता, उद्यमशीलता विकासका निमित्त रेबानसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु पनि संचालनमा ल्याउने भएको छ । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: