×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किन भए काठमाडौं मेडिकल कलेजका कर्मचारीहरु आन्दोलित ? अस्पताल सञ्चालकमाथि लाग्यो यस्तो आरोप ! (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

किन भए काठमाडौं मेडिकल कलेजका कर्मचारीहरु आन्दोलित ? अस्पताल सञ्चालकमाथि लाग्यो यस्तो आरोप ! (भिडियो रिपोर्ट)

११ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारीहरुले श्रेष्ठलाई कलेज भित्र छिर्न दिनुपर्ने माग गर्दे सोमवार बिहान मेडिकल कलेज अगाडी प्रदर्शन गरेका छन् । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको स्वामित्व नभएको संस्थामा श्रेष्ठलाई सरुवा गरिएपछि कर्मचारीहरु त्यसको विरुद्धमा आन्दोलित भएका हुन् ।
अस्पताल प्रशासनले श्रेष्ठलाई कलेज प्रवेशमा रोक लगाएको कर्मचारीहरुले दाबी गरेका छन् । उनीहरुले कर्मचारी बि–नियमावली २०७६ मा भएको सेवा सुविधा व्यवस्थापन परिवर्तन भएपछि सबै सेवा, सुविधा काटिएको र त्यसलाई स्थापित गर्न श्रेष्ठले पहल गरेका कारण उनलाई अस्पताल सञ्चालकले स्वामित्व नै नभएको स्थानमा सरुवा गरेको दाबी गरेका छन् ।
अस्पताल सञ्चालकले श्रेष्ठलाई अस्पतालाको स्वामित्व नभएको अस्पतालमा सरुवा गरेको कर्मचारीहरुले आरोप लगाउँदै आएका छन् । हेर्नुहोस भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: