×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तकोशी नदीको वहावमा उतार-चढाव, तटीय क्षेत्रका वासिन्दालाई सर्तक रहन सुनसरी प्रशासनको आग्रह (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सप्तकोशी नदीको वहावमा उतार-चढाव, तटीय क्षेत्रका वासिन्दालाई सर्तक रहन सुनसरी प्रशासनको आग्रह (भिडियो)

Artha Sarokar

१९ असार २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो  
सुनसरी । विगत केहि दिन यता सप्तकोशी नदीको वहावमा उतारचढाव आइरहेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढीरहेको हो । सामान्यतया नदीको वहावमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोशीको वहाव पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ । शुक्रबार साँझको मापन अनुसार कोशी ब्यारेज भएर १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक पानी बगिरहेको छ ।
कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक प्रतिसेकेण्ड वहाव मापन हुँदा ब्यारेजका २४ वटा ढोका खोलिएका छन् । कोशीको पछिल्लो मापन अनुसार नदीको वहावमा निरन्तर वृद्धि भैरहेको छ ।सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तरमा घटबढको क्रम जारी रहेपनि अहिले सम्म तटिय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको बताएको छ । 
प्रशासनले सबै तटबन्ध र स्पर सुरक्षित रहेको र नियमित अनुगमन समेत जारी रहेको बताएको छ । निरन्तर वर्षा भइरहेको हँुदा नदीको वहाव जुनकुनै बेला बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्रका वासिन्दालाई सर्तक रहन भने सूचित गर्दै आएको सुनसरी प्रशासनले जनाएको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी