डोटी । डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकामा व्यवसायिक रूपमा रेन्बो ट्राउट माछापालन सुरु गरिएको छ । स्थानीय तीन कृषक मिलेर व्यावसायिकरूपमा रेन्बो ट्राउट माछापालन सुरु गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारको १० लाख लगानीमा तीनवटा रेसवे माछापालन पोखरी निर्माण गरी ट्राउट माछापालन सुरु गरिएको हो । सायल-३ का हरिपाल खाती, वडा नं ४ रौवाका तेजबहादुर सिंह र वडा नं ५ का शेरबहादुर रोकायाले आधुनिक माछापालन पोखरी निर्माण गरी व्यवसाय सुरु गरेको स्थानीयवासी तेजबहादुर डुम्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार गण्डकी प्रदेशको पोखराबाट रेन्बो ट्राउटका कम्तीमा पनि एक हजार ५०० भुरा ल्याएर पोखरीमा हाली माछापालन सुरु गरिएको छ । कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाका कारण ट्राउट माछाका भुरा ल्याउन केही समय ढिलाइ भए पनि अहिले निषेधाज्ञा खुकुलो भएसँगै पोखराबाट माछाका भुरा ल्याई पोखरीमा राखिएको माछापालक किसान खातीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निषेधाज्ञाले माछाका भुरा ल्याउन सकिएको थिएन, अहिले खुकुलो भएपछि ल्याएका छौँ ।’
जिल्ला भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीको टोलीले गरेको प्रारम्भिक अध्ययनले सो ठाउँ ट्राउट माछापालन र भुरा उत्पादनका निम्ति उपयुक्त रहेको निष्कर्ष निकालेपछि पहिलोपटक व्यावसायिकरूपमा रेन्बो ट्राउट माछापालन सुरु गरिएको गाउँपालिका उपाध्यक्ष विष्णा सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय युवाको अगुवाइमा व्यावसयिकरूपमा माछापालन गर्नका लागि विसं २०७२ देखि सायल क्षेत्रमा ट्राउट माछापालनको सम्भाव्यता अध्ययन गरिएको थियो । ट्राउट माछापालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष थप छ लाख रकम विनियोजन गरेको बताइएको छ ।
चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने ट्राउटलाई मत्स्य अनुसन्धान केन्द्रको सबैभन्दा सफल माछाका रूपमा लिइन्छ । चिसोपानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको हुने प्रदेश कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ तर यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्