- अर्थ सरोकार संम्वाददाता
माछापुच्छ्रे बैंकको ३ अर्ब रुपियाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला भएको छ । बैंकले असार ३१ गतेदेखि ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ निष्काशन तथा बिक्री खुला गरेको हो । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार दश वर्ष अवधिको ऋणपत्रको ब्याजदर वार्षिक ‘८.५० प्रतिशत कायम गरिएको छ । प्रतिकित्ता १ हजार रुपियाँ अंकित ऋणापत्रलाई ‘माछापुच्छ्रे डिबेन्चर २०८७’ नाम दिइएको छ ।
बैंकले निष्काशन गरेको ३० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता र बाँकी १ अर्ब ८० करोड रुपियाँ बराबरको १८ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्ने जनाएको छ । सर्वसाधारणका लागि जारी हुने १२ लाख युनिटमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता डिबेन्चर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले खरीद गर्न पाउनेछन् ।
सो ऋणपत्र खरिदका लागि छिटोमा साउन ४ गतेसम्म तथा ढिलोमा साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्