×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ करोड ५७ लाखको लागतमा १५ शैयाको अस्पताल निर्माण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

६ करोड ५७ लाखको लागतमा १५ शैयाको अस्पताल निर्माण

११ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा न ६ स्थित डुम्रेकुनामा १५ शैयाको अस्पतालको निर्माणकार्य भैरहेको छ । करीब ६ करोड ५७ लाखको लागतमा १५ शैयाको अस्पताल निर्माणकार्य भैइरहेको हो । १५ शैयाको सो अस्पताल सङ्घीय सरकारको आर्थिक सहयोगमा निर्माण जारी रहेको गाउँपालिकाका इञ्जिनीयर सुवास अधिकारीले जानकारी दिनुभयो ।

अस्पताल बनाउन स्थानीयवासी नरबहादुर स्यागंतान तथा वीरबहादुर लुगङवाले नौ रोपनी जग्गा प्रदान गर्नुभएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९मा अस्पतालको निर्माण , संरक्षण तथा व्यवस्थापनका लागि रु ३० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष विदुर हुमागाईले जानकारी दिनुभयो ।

अस्पताल नहुँदा उपचारका लागि हेटौँडा र चितवन जानुपर्ने बाध्यता छ । गाउँपालिकाले सुत्केरी भत्ताबापत पाँच हजार प्रदान गर्दै आएको छ । सङ्घीय सरकारले सुत्केरी भत्ताबापत दुई हजार ८०० दिँदै आएकोमा गाउँपालिकाले सुत्केरी भत्तालाई बढाएर पाँच हजार कायम गरेको अध्यक्ष हुमागाईले जानकारी दिनुभयो । गाउँपालिकाले गर्भवतीका लागि घरदैलो सेवासमेत प्रदान गरेको बताइएको छ ।-रासस

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: