×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड ! २ जना भाग्यमानीले पाए ११ कित्ता सेयर !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा कम्पनीको आइपीओ बाँडफाँड भएको हो । ३६ हजार ३४९ जनाले १० कित्ता गोलाप्रथामार्फत कम्पनीको आइपीओ पाएका छन् । साथै २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले सर्वसाधारणलाई ३ लाख ६३ हजार ४९२ कित्ता सेयर बाँडफाँड गरेको हो । यस कम्पनीले १७ गतेदेखि २१ गतेसम्म कुल ३ लाख ८९ कित्ता आइपीओ निष्कासन गरेकामा ०.५% अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५% ले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको थियो ।
यो आइपीओमा रितपूर्वक आवेदन दिएका १९ लाख ५१ हजार ५२१ जना सर्वसााधारणलाई गोलाप्रथामा सहभागी गराइएको थियो । आइपीओको रिजल्ट एनएमबि क्यापिटलको वेबसाइट र मेरो सेयर, मनकामना स्मार्ट लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइटबाट हेर्न सकिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: