×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ३ लाख ८९ हजार कित्ता आइपीओ सोमबार बाँडफाँड, कहाँ र कति बजे हुँदैछ ?

PRIME CA

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ३ लाख ८९ हजार कित्ता आइपीओ सोमबार बाँडफाँड, कहाँ र कति बजे हुँदैछ ?

अर्थ सरोकार

प्रकाशित मिति : २७ असार २०७८, आईतवार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार सोमबार बिहान ९ः३० बजे कम्पनीको आइपीओ बाँडफाँड हुने भएको हो । कम्पनीको आइपीओको शुक्रबार प्रि अलोटमेन्ट सकिएसंगै सोमबार बाँडफाँड गर्ने तयारी गरिएको हो ।
लघुवित्तको आइपीओमा २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता सेयर खरिद आवेदन परेको छ । जुन माग भन्दा ७३ गुणा बढी हो । संस्थाले ३ लाख ८९ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।
लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट हुनेछ । निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँड गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै कम्पनीको सेयर पाउनेछन् । बाँकी सबै लगानीकर्ताको हात खाली हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: