×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेलम्चीका बाढीग्रस्त स्थानीयले प्रधानमन्त्रीलाई भेटे, राखे बैंकको ब्याज मिनाह गर्नेलगायतका १० बुँदे माग (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मेलम्चीका बाढीग्रस्त स्थानीयले प्रधानमन्त्रीलाई भेटे, राखे बैंकको ब्याज मिनाह गर्नेलगायतका १० बुँदे माग (भिडियो रिपोर्ट)

११ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले तत्काल पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले सोमवार प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाउँदै तत्काल पुनर्वासको व्यवस्था हुने गरी आर्थिक सहायताको उचित व्यवस्था गर्न माग गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले केपी ओली नेतृत्वको अघिल्लो सरकार र स्थानीय सरकारले आफूहरुलाई राहत दिने विषयमा चासो नदिएपछि आफूहरु बिचल्लीमा परेको उल्लेख गर्दै उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । ओली नेतृत्वको अघिल्लो सरकार र स्थानीय सरकारले बाढी पीडितहरुको पीडालाई सम्बोधन नगरेपछि पुनर्वाससहितको उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्रीलाई भेटेरैै ध्यानाकर्षण गराइएको मेलम्चीका बाढी पीडित सागरकुमार श्रेष्ठले बताउनुभयो । उहाँले अघिल्लो सरकारले पीडितलाई राहत दिने काममा कुनै गम्भिरता नदेखाएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।
उनीहरुले घरवारविहीन भएका, रोजीरोटी गुमाएका, व्यवसायमा क्षति पुगेकाहरुलाई तत्काल आर्थिक राहतको प्रवन्ध गर्न माग गरेका छन् । त्यसैगरी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्ध निर्माण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको स्थानीय श्रेष्ठले बताउनुभयो । पीडितहरुले मेलम्ची नदीलाई पुरानै धारमा कायम राख्न, बैंकबाट ऋण लिएर लगानी गरी व्यवसाय गरेकाहरुको व्याज मिनाह गर्न, विद्युत महसुलमा छुट दिन, त्यहाँका उद्योगी, व्यापारी, विद्यार्थीका लागि अल्पकालीन र दीर्घकालीन राहतको घोषणा गर्न पनि प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन ।
उनीहरुले सरकारले सिन्धुपाल्चोकलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेकोमा धन्यवाद समेत दिएका थिए । उनीहरुले प्रधानमन्त्री देउवालाई बाढीग्रस्त क्षेत्रको अवलोकन गर्न पनि माग गरेका छन् । गत असार १ गते आएको बाढीमा परी मेलम्ची, हेलम्बु र पाँच पोखरीमा दर्जनौंको ज्यान गएको थियो भने कयौँ घरबारविहीन हुनुका साथै उनीहरुको हजारौं रोपनी खेतियोग्य जमीन बगरमा परिणत भएको थियो । हेर्नुहोस भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: