काठमाडौँ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले ३५ कराेड ३१ लाख रूपैयाँ बराबरकाे आइपीओ निष्कासनको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले बोर्डसँग १०० रुपैयाँ अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता आइपीओ निष्कासन गर्नको लागि अनुमति मागेको हो ।
कुल कित्तामध्ये कम्पनीले ८ लाख २ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको छ भने बाँकी २७ लाख २८ हजार ५०० कित्ता सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।
गत फागुन ६ गते सम्पन्न कम्पनीको ११ साधारणसभाबाट कम्पनीको अधिकृत पुँजी वृद्धि गरी १ अर्ब र जारी पुँजी वृद्धि गरी ८० करोड २५ लाख रुपैयाँ पुर्याउने निर्णय गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्