×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंक लिमिटेडको १ अर्ब २५ करोड रुपैयाँको १२ लाख ५० कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मुक्तिनाथ विकास बैंक लिमिटेडको १ अर्ब २५ करोड रुपैयाँको १२ लाख ५० कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

Artha Sarokar

१२ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिनाथ विकास बैंकको १२ लाख ५० कित्ता ऋणपत्रमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको उक्त सेयरमा आवेदन दिन सकिने भएको हो । बैंकले साउन ७ गते बिहिबारदेखि १ अर्ब २५ करोड रुपैयाँ बराबरको १ हजार रुपैयाँ अंकित मूल्यमा उक्त ऋणपत्र बिक्रीमा ल्याएको थियो ।
जसमा ५ लाख इकाई सर्वसाधारणका लागि  र बाँकी ७ लाख ५० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ८.७५% ब्याजदर पाइनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
यस ऋणपत्रमा सी–आस्वा, मेरो सेयर तथा तोकिएको बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको मुक्तिनाथ विकास बैंक डिबेन्चर जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल मार्केटले गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी