×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माटाको मूर्तिमा रमाएका युवाको कथा : भारतमा सिकेको सिपलाई प्रयोगमा ल्याउँदा मनग्य आम्दानी गर्दै (भिडियो)

PRIME CA
GLOBAL IME BANK

माटाको मूर्तिमा रमाएका युवाको कथा : भारतमा सिकेको सिपलाई प्रयोगमा ल्याउँदा मनग्य आम्दानी गर्दै (भिडियो)

१२ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

बाँके । बाँकेका एक युवाले माटाको मूर्तिहरु तयार गर्न शुरु गरेका छन् । १२ बर्षको उमेरमा भारतमा गएर माटाका मूर्ति बनाउन सिकेका उनले आफ्नै गाउँमा फर्केर माटाका मूर्ति बनाई बेच्न सुरु गरेका हुन् । नेपालगञ्ज ७ घाँसियार टोलका १८ बर्षिय छोटु केवटले माटाका मूर्तिहरु निर्माण गर्न सुरु गरेका छन् । १२ वर्षको उमेरमा भारतमा बसेर माटाका मुर्ति बनाउने कला सिकेर घर फर्किएका उनले गाउँमा माग गरे अनुसारको मूर्ति बनाउन सुरुवात गरेका हुन् । उनी यस वर्षमा नै करिब १० देखि १२ ओटा माटाका मुर्ति बनाउने सोच राखेको बताउँछन् ।

माटाका मुर्ति निर्माण गर्न करिब १ मुर्तिमा ९ हजारसम्म खर्च हुने गर्छ । बाँस, पराल, प्लाष्टिकका डोरी लगाएर मुर्तिको आकार बनाउने गरिन्छ । एक मुर्ति पुर्ण रुपले निर्माण गरेपछि ३ देखि ५ हजारसम्म नाफा हुने गरेको उनी बताउँछन् । काममा सघाउन र सिप सिक्नका लागि साना साना बालबालिका पनि उनीसँगै जुटेको केवट बताउँछन् । उनी एक सिजनमा माग अनुसार करिब ५० देखि ६० हजार कमाइ हुने बताउँछन् । नाफा भएको पैसाले घर खर्च चलाउने र केही रकम बचत गरेर अर्को सिजनमा लगाउने गरेको उनको भनाई छ ।
सिप सानो वा ठुलो हुँदैन । र सिप सिक्न तथा सिकेको सिपलाई प्रयोग गर्नका लागि उमेरले छेक्दैन भन्ने उदाहरण उनी बन्न चाहेका छन् । आफुले सिकेको सिपबाट अर्थोपार्जन गर्दै आफ्नै सिपको दायरालाई पनि बढाउन आफु क्रियाशिल हुने उनी बताउँछन् । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: