Skip to content
LAXMI SUNRISE BANK

नेपाल स्टक एक्सचेञ्जमा राष्ट्र बैंकको ५० अर्बको ऋणपत्रसहित १० लाख ५६ हजार कित्ता बोनस सेयर सूचिकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल राष्ट्र बैंक र प्रभु इन्स्योरेन्सको सेयर सूचिकृत भएको छ । राष्ट्र बैंकको ५० अर्बको ऋणपत्र र प्रभु इन्स्योरेन्सको १० लाख ५६ हजार २७४.८४४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत अर्थात १० करोड ६५ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश गरी १०.५६ प्रतिशत लाभांश वितरण गरेको थियो । सोही बोनस सेयर बिहीबार नेप्सेमा सूचिकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK