×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : दोदा नदीमा आएको बाढीले उखु र धानबाली डुबान, गलकोटमा जीर्ण पुलमा हिड्न बाध्य मानिस

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।

आजको अंकमा हामीले शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा किसानले लगाएको उखु बालीमा पसेको दोदा नदीको बाढीले उखु र धानबालीलाई नोक्सान पु¥याएपछि किसान चिन्तित भएकोदेखि बागलुङको गलकोट नगरपालिका–२, नरेठाँटीस्थित गौदी खोलामाथिको जीर्ण झोलुङ्गेपुलमा हिड्न बाध्य सर्वसाधारणसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

 हेरौं फोटो समाचार :
शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा किसानले लगाएको उखु बालीमा पसेको दोदा नदीको बाढी । नदीमा आएको बाढीले उखु र धानबालीलाई नोक्सान पु¥याएपछि किसान चिन्तित भएका छन् ।

बागलुङको गलकोट नगरपालिका–२, नरेठाँटीस्थित गौदी खोलामाथिको जीर्ण अवस्थामा रहेको झोलुङ्गेपुल ।

पाँचथरको याङवरक गाउँपालिका–६ नागीमा उत्पादित गोडभेंडा बजार लैजाने तयार गर्दै स्थानीय व्यवसायी । जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका ६ वटै वडाका अधिकांश किसान गोलभेंडा खेती छन् । यो वर्ष गोलभेंडाबाट उचित मूल्य नपाएको किसान बताउँछन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ स्थित दोबा गाउँ । परम्परागत ढुङ्गाले छाएको दोबा गाउँ ग्रामीण पर्यटन विकासको सम्भावनायुक्त छ ।

इन्द्रावती १२ सिपाघाट–भिमटार सडक वर्षातका कारण हिलाम्मे भएपछि सवारी साधन सञ्चालनमा कठिनाइ ।

कैलालीको भजनी नगरपालिका– ३ र ८ स्थित हुलाकी सडकमा बाढीले घर डुवानमा परेपछि त्रीपालमा बस्दै एक परिवार । भजनीबासीका लागि वर्षातको समयमा हुने डुवानबाट बच्ने एकमात्र माध्यम हुलाकी सडक बनेको छ ।

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा इटालियन स्याउका बिरुवा लगाउँदै किसान । यस जिल्लामा पहिलोपटक इटालियन स्याउ खेती शुरू गरिएको छ ।

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा सडकको स्तरोन्नतिका लागि स्काभेटरको सहायताले ग्राभेल सम्याउँदै ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: