×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रिमियर इन्स्योरेन्सको ५ लाख ४८ हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन, यी ठाउँबाट भर्न सकिने

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको ५ लाख ४८ हजार २५ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म सो सेयरमा आवेदन दिन पाइने भएको हो । कम्पनीले न्यूनतम भाउ ५५० रुपैयाँमा उक्त कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । कम्पनीले यसअघि लिलामी बिक्री खुला गर्दा पनि बिक्री नभएको सेयर फेरि बिक्रीमा ल्याएको हो ।
यस सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् भने लगानीकर्ताले न्यूनतम ५०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: