राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिका कार्यालयको विद्युत् आपूर्ति लाइन काटिएको छ । लामो समयदेखि विद्युत् महसुल नतिरेका उपभोक्ताको धामाधम लाइन काटिरहेको अवस्थामा प्राधिकरणले राजविराज नगरपालिकको जरिवानाबाहेक १६ लाख बाँकी रहेको भन्दै विद्युत् आपूर्ति लाइन काटिएको हो ।
पटक-पटक ताकेता र पत्राचार गर्दा पनि बेवास्ता गरेकाले कार्यालयको विद्युत् आपूर्ति बन्द गरी लाइन काटिएको वितरण केन्द्र राजविराजका प्रमुख आमोदप्रसाद यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘दुई दिनअघि पनि बक्यौता बुझाउन पत्राचार गर्नुका साथै प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलमा समेत जानकारी गराउँदा नगरपालिकाले बेवास्ता गरेकाले बाध्य भएर लाइन काट्नुपरेको छ, बक्यौता महसुल नबुझाएसम्म लाइन जोडिँदैन ।’
यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापाले प्राधिकरणद्वारा विद्युत् सेवा प्रदानका लागि नगर क्षेत्रमा गाडिएका विद्युतीय पोलवापतको भाडा नगरपालिकाले नलिएको र प्राधिकरणले पनि विद्युत् महसुल नलिने भन्ने विषयमा नगरपालिकाको तर्फबाट पहल भइरहेका बेला एक्कासि लाइन काटिनु उचित नभएको बताउनुभयो । नगरपालिका स्थापना भएदेखि नै विद्युत् महसुल नबुझाएको नगरपालिकाबाट बुझिएको छ । एक्कासि लाइन काटिएपछि नगरपालिका कार्यालयबाट विद्युतीय प्रयोगबाट सञ्चालन हुने सबै सेवा ठप्प भएको बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्