×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३६ हजार ३४९ जना आवेदकले १० कित्ताका दरले पाए मनकामना स्मार्ट लघुवित्तको आइपीओ, नतिजा यसरी हेर्न सकिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

३६ हजार ३४९ जना आवेदकले १० कित्ताका दरले पाए मनकामना स्मार्ट लघुवित्तको आइपीओ, नतिजा यसरी हेर्न सकिने

२८ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ३६ हजार ३४९ जनाले मात्रै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ हात पारेका छन् । ३६ हजार ३४९ जनाले १० कित्ताका दरले पाए कम्पनीको आइपीओ हात पारेका हुन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा कम्पनीको आइपीओ आज गोलाप्रथामार्फत बाँडफाँड गरिएको हो । जसमा २ जनाले भने ११ कित्ताका दरले सेयर पाएका छन् ।
यो आइपीओमा रितपूर्वक आवेदन दिएका १९ लाख ५१ हजार ५२१ जना सर्वसााधारणलाई गोलाप्रथामा सहभागी गराइएको थियो भने २० लाख ३६ हजार २ सय ४५ जनाले २ अर्ब ६५ करोड ७४ लाख रुपियाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ताको आवेदन परेको थियो ।
आइपीओको रिजल्ट एनएमबि क्यापिटलको वेबसाइट (https://www.nmbcl.com.np/) मेरो सेयर (https://meroshare.cdsc.com.np/#/login), मनकामना स्मार्ट लघुवित्तको वेबसाइट (https://www.manakamanalbs.com/) तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट (https://nchl.com.np/) बाट हेर्न सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: