×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत: रकम भुक्तानी गरेपछि मिल्यो सम्राट सिमेन्टसँग चौधरी समूह र रुंगटा समूहबीचको विवाद !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अन्तत: रकम भुक्तानी गरेपछि मिल्यो सम्राट सिमेन्टसँग चौधरी समूह र रुंगटा समूहबीचको विवाद !

५ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सम्राट सिमेन्टसँग चौधरी समूह र रुंगटा समूहबीचको विवाद मिलेको छ । चौधरी समूह र रुंगटा समूहले असार १६ गते हिमालयन बैंकमा रकम जम्मा गरेपछि सम्राट सिमेन्टको सेयर खरीदबिक्रीको विवाद मिलेको हो । चौधरी ग्रुप र रुंगटाले तोकिएको समयसीमाभित्र सेयर बिक्रीकर्ताहरुको खातामा नहालिदिएपछि विवाद निम्तिएको थियो ।
सिमेन्टका मुख्य लगानीकर्ता मुकुन्द तिमिल्सिना, छुतेन लामा, प्रज्ञान तिमिल्सिना, उद्धव रेग्मी, सुधीरप्रसाद तिमिल्सिना र ज्ञानेन्द्र खनालले ३४.२५ प्रतिशत सेयरको पैसा वैशाख २० भित्र चुक्ता नगरेको भन्दै एनसीसी बैंकलाई पत्र लेखेर सम्राट सिमेन्टको खाता र कारोबार रोक्न आग्रह गरेका थिए ।
सेयर बिक्री गरेका मुकुन्द तिमिल्सिनाले रकम बैंकमा आइसकेको र केहि समयपछि स्वामित्व हस्तान्तरण हुने जानकारी दिए । तिमिल्सिना समूहको सेयर ३० प्रतिशत सेयर चौधरी र ४ दशमलब २५ प्रतिशत अनिल रुंगटाले किनेका थिए। तिमिल्सिना उद्योगका अध्यक्ष थिए । उनलेनै सम्राट सिमेन्ट स्थापना गरेका थिए ।
उनीहरुबीचको लफडा अर्थ सरोकारले ब्रेक गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: