×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सले पायो आईपीओ निष्कासन गर्न धितोपत्र बोडबाट अनुमति

  • अर्थसरोकार संम्वाददाता

काठमाडौं । धितोपत्र बोर्डले मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स लाई आईपीओ जारी गर्न अनुमति दिएको छ । बोर्डका सूचना अधिकारी रुपेश केसीका अनुसार लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बिक्री गर्न अनुमति दिएको बताए ।

मानुषी लघुवित्तले २०७८ वैशाख १३ गते र सानिमा लाइफ इन्स्योरेन्सले २०७८ जेठ ९ गते बोर्डसँग सेयर बिक्रीका लागि अनुमति माग गरेका थिए । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने ६० लाख कित्ता सेयरमध्ये कर्मचारीहरु र सामूहिक लगानी कोषका लागि समान ५ प्रतिशतले हुन आउने ३/३ लाख गरी ६ लाख कित्ता छुट्टाएर बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी गर्नेछ ।

सानिमा लाईफ इन्स्योरेन्सको आइपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल र मानुषी लघुवित्त वित्तीय संस्थाको विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: