काठमाडौं । सामाजिक सुरक्षा कोषविरुद्ध दायर गरिएको रिटमा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ । आइतबार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको राय बाझिएको हो । जससँगै अब यो रिटको सुनुवाई ३ न्यायाधीशको इजलासमा हुने भएको छ ।
न्यायाधीश केसीले सामाजिक सुरक्षा कोषबाट जारी भएको सूचना, विज्ञप्तिलगायतका सबै निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी हुने राय दिएका छन् भने अर्का न्यायाधीश श्रेष्ठले बैंक कर्मचारीको मागको विषयमा पूर्ण सुनुवाई हुँदा छलफल भई निरुपाण हुने प्रकृतिको रहेको भन्दै हाललाई अन्तरिम आदेश जारी गर्न नपर्ने राय दिएका छन् ।
कोषले असार मसान्तभित्रआवद्ध हुन दबाब दिएपछि बैंकका कर्मचारीहरु त्यसविरुद्ध रिट लिएर सर्वोच्च पुगेका थिए ।





Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्