×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई २८ लाख ८० हजार आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई २८ लाख ८० हजार आर्थिक सहयोग

Artha Sarokar

११ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा याङ्ग्री लार्के सरोकार समितिले आर्थिक सहयोग प्रदान गरेको छ । याङ्ग्री लार्के अर्थात् इन्द्रावती नदीबाट प्रभावित साविकका १० गाविस हाल पाँचपोखरी थाङ्पालका वडा नं १ देखी ८ तथा मेलम्ची नगरपालिका-९ र १० मा कार्यक्षेत्र रहेको समितिका तर्फबाट २८ लाख ८० हजार सहयोगको चेक प्रदान गरिएको समितिका सहसचिव भीमसेन खनालले जानकारी दिनुभयो ।

उक्त चेक आइतबार समितिका पदाधिकारीद्वारा गाउँपालिका अध्यक्ष टासी लामालाई हस्तान्तरण गरिएको हो । चेक समितिका उपाध्यक्ष भीमबहादुर गुरुङ र सूर्यबहादुर अधिकारीका साथै समितिका सदस्य तथा सल्लाहकारको रोहबरमा प्रदान गरिएको थियो ।

रकम विपद् व्यवस्थापन कोषमा रहने गरी बाढी पहिराबाट क्षति भएकाका लागि खर्च गरिने अध्यक्ष लामाले बताउनुभयो । पाँचपोखरी थाङ्पालको याङ्ग्री, टासिवा, सुनचौर, मैखर्कमा यस वर्ष बाढीपहिराले जनजीवन प्रभावित बनाएको थियो । बाढीले स्वास्थ्य क्लिनिक भवन, याङ्ग्री एकेडेमी स्कुलको भवन, पुललगायतका संरचनामा क्षति पुर्याएको थियो । -रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी