काठमाडौँ । नक्कली No Objection Letter प्रयोग गरी विदेश जान खोज्ने एक व्यक्तिलाई पक्राउ केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा झापा भद्रपुर न.पा.वडा नं. ७ घर भई हाल का.म.पा.वडा नं.९ बस्ने २४ बर्षीय सुमन राजवंशी रहेका छन् ।
राजवंशीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै ब्यक्तिको नाममा जारी भएको NOC No. 7712892 को No Objection Letter मा विवरण कीर्ते गरी आफ्नो नाममा जारी भएको बनाई युक्रेन जान लागेको भन्ने गोप्य सुचनाको आधारमा राजवंशीलाई यस ब्यूरोबाट खटि गएको प्रहरी टोलीले मिति २०७८/०४/०८ गते काठमाण्डौ महानगरपालिका, वडा नं ९, सिनामंगलबाट पक्राउ गरी कानून बमोजिम कारवाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँमा पठाइएको ब्युराेले जानकारी दिएकाे हाे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्