×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०० रुपैयाँ नतिरेका पाँच जुवाडे ७ वर्षपछि सुर्खेत प्रहरीको फन्दामा

GLOBAL IME BANK

२०० रुपैयाँ नतिरेका पाँच जुवाडे ७ वर्षपछि सुर्खेत प्रहरीको फन्दामा

८ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुर्खेत । सुर्खेत प्रहरीले जुवा मुद्दाका पाँच जनालाई ७ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतको २०७१ मंसिर १५ गतेको फैसला आदेशले लगत नं. १०६२ मा लगत कसिएको २०० रुपैयाँ असुल उपर गर्ने प्रयोजनको लागि उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ का ३१ वर्षीय लोकेन्द्र थापा, ४० वर्षीय लोकेन्द्र सुनार, ३७ वर्षीय सन्दिप श्रेष्ठ, ३७ वर्षीय रोशन भट्टराई र ३८ वर्षीय धनबहादुर गुरुङ छन् ।

उनीहरुलाई विशेष सूचनाको आधारमा बिहीबार वीरेन्द्रनगर–६, बजार क्षेत्रबाट पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतमा उपस्थित गराइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: