सुर्खेत । इलाका प्रहरी कार्यालय छिन्चुले भन्सार छलेर ल्याइएको अवैध सुर्ती बरामद गरेको छ । प्रहरीले सुर्खेतको भेरीगङ्गा नगरपालिका-१२ स्थित रत्न राजमार्गको सडकखण्डमा सुर्ती बरामद गरेको हो । नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा ५ ख ४५५८ नम्बरको फोर्स गाडीमा आइतबार जाँच गर्दा अवैधरुपमा भन्सार छली ल्याइएको सुपरपावर सुर्ती एक हजार ६७४ पाकेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
प्रहरीले विभिन्न किसिमका काँचो तथा तयारी कपडासहित जम्मा एक लाख ४४ हजार १० मूल्य बराबरको सामान बरामद गरी आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय कोहलपुर पठाइएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । आर्थिक प्रलोभन देखाई एक हजार ५०० दिएर प्रभावमा पार्न खोज्ने दुई युवालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी सुब्बाकुना सुर्खेतको चेकपोष्टमा जाँच गर्ने क्रममा आवश्यक कागजात नभई प्रलोभनमा पारेर उम्कन खोज्ने भे७प ४८८ नम्बरको मोटरसाइकलमा सवार तातोपानी गाउँपालिका-३ का २२ वर्षीय तेजबहादुर नेपाली र कमल नेपालीलाई प्रहरीले पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । आर्थिक प्रलोभन पार्न खोज्नाका साथै सेवामा खटिएका प्रहरीसँग विवाद र अभद्र व्यवहार गरेकाले पक्राउ गरेर उनीहरुमाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको बताइएको छ ।
प्रहरीचौकी बाङ्गेसिमल सुर्खेतबाट खटिएको प्रहरी टोली गस्ती जाने क्रममा वीरेन्द्रनगर नगरपालिका-२ कोलडाँडाको भित्री सडकखण्डमा स्थानीय व्यक्तिका जग्गामा प्राकृतिकरुपमा आफैँ उम्रिएको एक हजार ३५० वटा गाँजाका बोट स्थानीय जनप्रतिनिधि र सामाजिक अगुवाका रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्