×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बागमती प्रदेशले बढायो सवारी कर, कुन सीसीको कति कर ?

  • अर्थसरोकार संम्वाददाता

काठमाडौं । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि सवारीसाधनको करमा बृद्धि गरेको छ । प्रदेशले आर्थिक ऐन सार्वजनिक गर्दै सवारी साधनको वार्षिक कर बढाएको हो ।

सीसीका आधारमा प्रदेशले कार, जीप, भ्यान तथा माइक्रोबसको सवारीसाधन कर तय गरेको हो । गत आर्थिक वर्षको तुलनामा प्रदेश सरकारले कार, जिप, भ्यान तथा माइक्रोबसको कर १९ हजार रुपैयाँसम्मले बढाएको छ ।

कुन सीसीको कति कर ?

गत वर्षको तुलनामा प्रदेशले १ हजार सीसीको सवारीमा १ हजार रुपैयाँले कर बढाएको छ । गत वर्ष १ हजार सीसीको कर २१ हजार रुपैयाँ रहेकोमा बढाएर २२ हजार बनाईएको छ ।

यस्तै, एक हजार सीसीभन्दा माथि १५ सय सीसीसम्म २५ हजार रुपैयाँ बनाईएका छ । गत वर्ष उक्त सवारीको कर २३ हजार ५ सय रुपैयाँ रहेको थियो । १५ सय सीसीभन्दा माथि २ हजार सीसीसम्म २७ हजार रुपैयाँ बनाईएको छ । गत वर्ष २५ हजार ५ सय थियो ।

२ हजार सीसीभन्दा माथि २५ सय सीसीसम्म ३७ हजार रुपैयाँ, २५ सय सीसीभन्दा माथि ३ हजार सीसीसम्म ५० हजार रुपैयाँ र ३ हजार सीसीभन्दा माथि ६५ हजार रुपैयाँ सवारी कर तय गरेको छ । गत वर्ष २ हजार सीसीभन्दा माथि २५ सय सीसीसम्म ३५ हजार ५ सय रुपैयाँ, २५ सय सीसीभन्दा माथि ३ हजार सीसीसम्म ४१ हजार रुपैयाँ र ३ हजार सीसीभन्दा माथि ५८ हजार ५ सय रुपैयाँ सवारी कर रहेको थियो ।

प्रदेश सरकारले मोटरसाइकल तथा स्कुटरमा समेत कर बढाएको छ । चालु आर्थिक वर्ष मा प्रदेशले १२५ सीसीसम्म ३ हजार, १२५ सीसीभन्दा माथि १५० सीसीसम्म ५ हजार रुपैयाँ, १५० सीसीभन्दा माथि २२५ सीसीसम्म ६ हजार ५ सय रुपैयाँ, २२५ सीसीभन्दा माथि ४ हजार सीसीसम्म ११ हजार रुपैयाँ, ४ हजार सीसीभन्दा माथि ६५० सीसीसम्म २० हजार रुपैयाँ र ६५० सीसीभन्दा माथि ३० हजार रुपैयाँ वार्षिक कर निर्धारण गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: